पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

राजविराज । सप्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरीको बुधवार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नम्बर १० इनर्वा बस्ने रामलखन खंगकी अन्दाजी २ वर्षीय छोरी अंजलि कुमारी मंडलको खेत छेउमा खाली रहेको जग्गामा जमेको पानीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिनुभयो ।
घर देखि २ सय मिटर उत्तरमा रहेको स्थानीय कमल मंडलको खेत छेउमा जमेको पानीमा डुबेको अवस्थामा उहाँकै आमाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना लगतै प्रहरी टोली पुगेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्