ठोर्कपामा बस दुर्घटना कम्तीमा २४ घाइते, दुई जना बसभित्रै च्यापिए

सिन्धुपाल्चोक । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २४ घाइते भएका छन् ।
कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिका–३ छापमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जना पुरुष बसभित्रै च्यापिएको वडाध्यक्ष रामहरी खड्काले घटनास्थलबाट जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा २४ घाइते भएका छन् ।

बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचारका लागि लगिएको छ । अन्य यात्रु पनि रहेको आशङ्कामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्