सनाखतका लागि निर्वाचन आयोग पुगे माधव कुमार नेपाल सहितका नेताहरू

काठमाडौं । नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलका नेताहरू निर्वाचन आयोग पुग्नु भएको छ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरू नयाँ पार्टी दर्ताको सनाखतका लागि निर्वाचन आयोग पुग्नु भएका हो । यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरसहितका नेताहरू पनि सनाखतका लागि निर्वाचन आयोग पुग्नु भएको छ ।
आयोगले नयाँ दल दर्ता गराएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्