मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा २५ खेलाडीको सूची सार्वजनिक
काठमाडौँ । भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।
पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिषेक रिजाललाई टिमबाट हटाइएको छ । पहिलो चरणमा ५० खेलाडीलाई क्याम्पमा बोलाएकोमा त्यो सूचीलाई प्रशिक्षक अल्मुताइरीले विभिन्न चरण गरेर २५ मा झारिएको छ ।
भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम अन्तिम तयारीमा रहेको छ । त्यसपछि नेपालले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्नेछ । नेपालले भारतसँग सेप्टेम्बर दुई र पाँचमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।
त्यसपछि नेपाली टिमले साफमा पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टिम कोलकाताबाट अगस्टको ३० तारिखमा काठमाडौँ पुग्नेछ ।
अक्टोबर १० बाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले साबिक विजेता मालदिभ्सपछि दोस्रो खेलमा श्रीलङ्का तेस्रो खेलमा भारत र लिगको अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्