तपाईँ सुन्दै हुनुहुन्छः

मर्मखोलाले बगाउँदा एक जनाको मृत्यु

File photo

सल्यान । सल्यानमा मर्मखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका –४ सिम्तालेका ५१ वर्षीय लिलाधर शर्माको मर्मखोलाले बगाएर मृत्यु भएको हो । 

गाउँपालिकाको–३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर  मङ्गलवार बिहान बेपत्ता भएका थिए । 

बेपत्ता शर्माको खोजी गर्ने क्रममा  कुमाख गाउँपालिका–२ शान्तीबजार स्थित खोला किनारमा दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button