तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक पर्यटन क्षेत्रको प्रवर्द्धनमा जुट्दै नेपाली सेना

जुम्ला । धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा नेपाली सेना जुटेको छ । 


कर्णालीको प्रसिद्ध चन्दननाथ तथा बटुक भैरवनाथ मन्दिरको सरसफाइ देखि मर्मत सम्भार तथा प्रवर्द्धनमा नेपाली सेना जुटेको हो । 


चन्दननाथ भैरवनाथ मन्दिरमा हरेक महिना सरसफाइ गर्ने, पुजारीलाई दान दिने तथा मन्दिरको पूजापाठका लागि आवश्यक सामाग्री दिने कामको सुरुवात सेनाले गरेको छ । जस अनुसार आइतबार मात्रै चन्दननाथ भैरवनाथ मन्दिरमा दाल, चामल, तेल, गमला, कम्बल,लगायतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । 


कार्यक्रममा नम्बर २४ बाहिनी अड्डाका बाहिनी पति यामबहादुर सापकोटाले कर्णालीको आर्थिक समृद्धिका लागि कृषिपछि धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । 


धर्मभिक्षुहरु, पुजारीहरूलाई केन्द्रित गरेर राहतका कार्यक्रम ल्याउने पनि नेपाली सेनाले जनाएको छ । फुल फुलाउने सुन्दर र मनमोहक बनाउने, तिर्थालु आउन आकर्षण गर्ने, मदिरमा बस्ने धर्म भिक्षुहहरु, पुजारीहरूलाई राहत होस भनेर चामल, दाल, तेल, घ्यु, चिनी चियापति लगायतका सामाग्री दिइएको छ । 


नन्दाबक्स गणका गणपति रविन थापाले कर्णालीकै सबैभन्दा प्रसिद्ध धार्मिक पर्यटनको मुख्य केन्द्र चन्दननाथ भैरवनाथको संरक्षण प्रवर्द्धनमा सेनाले हरेक महिना मर्मत सम्भार तथा सरसफाइको काम गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button