तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पौडेलद्वारा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ । 


कुल ४२ कोठाको साँढे ३ तल्ले भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भीमफेदी गाउँपालिकालाई वर्ल्ड सिटी (पुरानो सहर) को रुपमा विकास गरिने बताउनुभयो । 


कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ८ गाउँपालिका मध्ये आफ्नै व्यवस्थित भवन निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिकाको रुपमा भीमफेदी रहेको भन्दै भवन अनुसारको सेवा प्रवाह चुस्त हुनुपर्ने बताउनुभयो । 


भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ८ कट्टा ८ रोपनी जग्गा र २ करोड रुपैयाँ, सङ्घीय सरकारबाट एक करोड ४० लाख र बाँकी ७२ लाख ८२ हजार रुपैयाँ गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । 


उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले पालिकाको विकासमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । पालिकामा आजसम्म भएको काममा जनतालाई निराश बनाउने कुनै पनि कार्य नगरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button