तपाईँ सुन्दै हुनुहुन्छः

गैर आवासीय नेपाली सङ्घद्वारा श्वेतपत्र जारी

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र त्यसले नेपाली समाजमा ल्याएको सामाजिक परिवर्तन सहित अवसर र चुनौतीहरूलाई समेटेर श्वेतपत्र जारी गरेको छ ।


नेपाली आप्रवासी कामदारहरूलाई सहयोग र रोजगारीको क्रममा उनीहरूले भोग्नु परेका समस्यालाई कम गर्दै वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उद्देश्यका साथ आइतबार गैर आवासीय नेपाली सङ्घले श्वेतपत्र जारी गरेको हो ।


आवासीय नेपाली सङ्घको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बिच संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू डा बद्री केसी र रबिना थापा लगायतले संयुक्त रुपमा श्वेतपत्र जारी गर्नु भएको हो ।


जनाएको छ कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरूको लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आवश्यक तालिम, कानुनी परामर्श, अलपत्रमा परेकाहरूको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरूको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरूमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि श्वेतपत्र सहयोगी हुने गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।


कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले श्रमिक खुसी नभएसम्म देश धनी हुन सक्दैन भन्नुभयो ।
उहाँले श्रमिकको हित सुरक्षाका लागि गैर आवासीय नेपाली सङ्घले आइएलओ र आईएमईसंग सहकार्य गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button