जन्मदिनमा बिरामीलाई सहयोग

अछाम । पछिल्लो समय जन्मदिन तथा वैवाहिक उत्सवमा सामाजिक कार्य गर्ने क्रम बढेको पाइन्छ । यसै क्रममा अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर ९ का युवा हेमराज रावलले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण र क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
रावलले जिल्ला अस्पताल अछाममा भर्ना भएका २५ जना बिरामीलाई फलफूल वितरण गर्नुका साथै क्यान्सर पीडित मङ्गलसेन नगरपालिका वडा नम्बर ९ की राधा रावललाई उपचार खर्च स्वरूप ५ हजार १ सय आर्थिक सहयोग गरेका हुन् ।
२७ औँ जन्म उत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्दै चार्टर एकाउन्टेड (सिए) समेत रहेका रावलले जन्म दिनमा हुने फजुल खर्चलाई सामाजिक कार्यमा सहयोग स्वरूप आफूले यसअघि पनि समेत सहयोग गर्दै बताउनुभयो ।
जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामीलाई फलफूल वितरण कार्यक्रममा रावल सहित, निमित्त कार्यालय प्रमुख डाक्टर प्रेम प्रसाद ढुगांना, नर्सिङ इन्चार्ज तथा सूचना अधिकारी गङ्गा बुढामगर, हेल्थ असिस्टेन्ट प्रेमपूर्ण ठकुल्ला, अहेब दीपेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्