तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण

File photo

काठमाडौँ । नेपालमा आज २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


८ हजार ६ सय ६७ नमुनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ नमुनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । 


सङ्क्रमणबाट १ हजार ३ सय २० जना निको भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।


कोरोना सङ्क्रमणका कारण आज थप २० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ५९ पुगेको छ । 


हाल देशभर रहेका ३९ हजार ४ सय ५ सक्रिय संक्रमित मध्ये ७ सय ६० जना सघन उपचार कक्षमा र १ सय ८६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button