५० रुपैयाँमा स्वस्थकर भोजन अभियान सुरु

बीरगंज । समुदायमा आधारित संस्था सानो पाईलाले आजबाट वीरगन्जमा ५० रुपैयाँमा स्वस्थकर भोजन उपलब्ध गराउने अभियान सुरु गरेको छ ।
बीरगंज महानगरपालिका भित्र दिनहुँ श्रम गरेर खाने कामदार, गरिब निमुखाहरूका लागी लक्षित गर्दै सानो पाईलाले सुपथ मूल्यमा खाना खुवाउने भोजनालय सञ्चालनमा ल्याएको हो । वीरगन्ज महानगरपालिका वडा नं १२ मा सञ्चालित भोजनालयको आज युवा उद्योगपति एवम् पुर्वसांसद अनिल रुंगटाले उद्घाटन गर्नुभयो ।
युवा उद्योगपति रुंगटाले न्यून शुल्कमा भरपेट भोजन सेवा प्रदान गर्ने गरी सानो पाईलाले स्थापना गरेको भोजनालयको उद्देश्यको प्रशंसा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दिनहुँ श्रम गरेर खाने कामदार, गरिब एवम् घुमघामका सिलसिलामा आएका सर्वसाधारण सबैलाई ५० रुपैयाँमा भरपेट स्वस्थकर पौष्टिक खाना खुवाइने सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले बताउनुभयो ।
सुदीप लामाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, ईब्राहिम देवान, रामाकान्त पटेल, ध्रुव सिंह ठकुरी, देवेश मानव सेवा, वीरेन्द्र महतो, गोपाल रौनियार लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्