तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

file photo

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’ मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । 


चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी र प्रतिफलमुखी बनाउन मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button