स्पेनिस ला लिगा आजबाट सुरु हुँदै
काठमाडौँ । स्पेनिस ला लिगा आजबाट सुरु हुँदैछ ।
नयाँ सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ ।
मेस्टाल्ला रङ्गशालामा हुने खेलमा ४० प्रतिशत दर्शक उपस्थित हुने छन् । खेल नेपाली समय राति १२ बजेर ४५ मा सुरु हुनेछ ।
यसअघिको सिजनमा १३ औँ स्थानमा लिग सकाएको भ्यालेन्सिया राम्रो सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
ला लिगा १७ वर्षपछि पहिलो पटक सुपर स्टार लिओनल मेस्सीबिना सञ्चालन हुँदैछ । क्याटलाना क्लब बार्सिलोनाले आर्थिक सङ्घर्षका कारण मेसीलाई राख्न नसकेपछि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन् ।
बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल आइतबार रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्ने छ । यस्तै रियल मड्रिडले अलाभेजको भ्रमण गर्नेछ ।
दुई मड्रिड क्लब र बार्सिलोनासँगै सेभिया पनि यस पटक उपाधि दाबेदारको रुपमा छ । सेभियाले आइतबार राभो भालेकानोसँग खेल्दै लिग सुरुवात गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्