स्रोत नखुलेको ८ लाख बढी रकमसहित एक जना पक्राउ
भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बाइपासबाट स्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिक ३५ वर्षीय राजन जैशवाल र ६७ वर्षीय श्याम प्रकाशले स्रोत नखुलेको रकम ८ लाख ४७ हजार ५ हजार ५ सय ५० रकम लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी कार्यालय डण्डाका प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २४ को उपदफा २ तथा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १६३ को उपनियम १ बमोजिम प्रचलित कानुन बमोजिम अनुसन्धान गर्ने अधिकारी समक्ष बुझाउने प्रयोजनको लागि पक्राउ गरी अनुसन्धान भइरहेको सशस्त्र प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्