तपाईँ सुन्दै हुनुहुन्छः

कायममुकायम प्रधान सेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र मित्रराष्ट्र भारतका राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ  । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button