तपाईँ सुन्दै हुनुहुन्छः

कुपोषित बालबालिकाहरूलाई पोषणयुक्त खाद्यान्न वितरण

सर्लाही । सर्लाहीमा कुपोषित बालबालिकाहरूलाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । 


कोभिडको विषम परिस्थितिमा बालबालिकाको पोषणलाई ध्यानमा राखेर हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको २ हजार ३० कुपोषित बालबालिकाहरूलाई ५० लाख ७५ हजार लागत मूल्य बराबरका पोषण युक्त खाद्यान्न वितरण गरिएको हो । 


वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका कुपोषित बालबालिकाहरूलाई ध्यानमा राखेर १५ के.जी चामल, ५ के.जी. दाल, १ के.जी नुन, १ के. जी. चिनी, आधी लिटर घ्यू, १ लिटर तेल तथा ५ के.जी. गहुँको पिठो गरी १ जनालाई करिब पच्चीस सय बराबरको पोषणयुक्त खाद्यान्न वितरण भएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका वरिष्ठ लेखा तथा प्रशासकीय संयोजक लालबाबु साहले जानकारी दिए ।

 
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले पोषणयुक्त खाद्यान्न र अति विपन्न परिवार गरी जम्मा ३ हजार ६ सय ३४ घर धुरीलाई ९४ लाख ४८ हजार ४ सय बराबरको राहत सामाग्री वितरण गरेको कार्यक्रम अधिकृत श्रीणु झाले जानकारी दिइन । 


यसरी कुपोषित बालबालिकालाई पोषणयुक्त खाद्यान्न र विपन्न परिवारले एक साथ राहत पाएपछि हरिपुर्वा र पर्साका स्थानीयहरू खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button