तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु

File photo

काठमाडौँ । नेपालमा आज ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


१३ हजार २ सय १७ नमूनाको पिसिआर परिक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


देशभर रहेका ३७ हजार ३ सय ३२ सक्रिय सङ्क्रमितमध्ये ७ सय ६१ को सघन उपचार कक्षमा र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 


सङ्क्रमणका कारण आज थप ३५ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय ५० पुगेको छ । सङ्क्रमणबाट आज २ हजार १ सय १५ संक्रमित निको भएका छन् । 


हाल सम्मको नेपालमा संक्रमण निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button