देशभर ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ४ सय ४५ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट आज १ हजार ७ सय ८४ संक्रमित निको भएका छन् ।

हाल सम्मको नेपालमा संक्रमण निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय १५ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्