हलेदेमा बँदेल आतङ्क

सिन्धुपाल्चोक । काभ्रेको हलेदेमा बँदेल आतङ्क बढेको छ ।
मन्डणदेउपुर नगरपालिका १ मा पर्ने हलेदेमा सयौँ रोपनीमा लगाएको मकै बाली बँदेलले पूर्ण रुपमा सखाप पारेको स्थानीय दिपक बस्ताकोटीले बताउनुभयो ।
बँदेलबाट अन्नबाली जोगाउन रातभरि कुरुवा बस्ने गरेको स्थानीयहरू बताउँछन् । बँदेलको आतङ्क देख्दा गाउँ छाड्नुपर्ने त हैन भन्दै स्थानीय चिन्तित रहेको पनि बस्ताकोटीले बताउनुभयो ।
बँदेलको आतङ्कबाट बच्न र क्षतिपूर्तिका लागि वडाध्यक्ष लक्ष्मण प्रसाद बस्ताकोटीले नगर कार्यपालिकाको बैठकमा आफूले कुरा उठाएको र बँदेल नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरिएको जानकारी दिनुभयो ।
यसबारे जिल्ला बन कार्यालयमा समेत जानकारी गराइसकेको र वास्तविक वस्तुस्थिति झल्कने प्रमाण जुटाएमा उचित क्षतिपूर्तिको व्यवस्था हुने आश्वासन प्राप्त भएको पनि वडाध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्