तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण भेगमा सडक निर्माण, स्थानीयहरू खुसी

सप्तरी । बोदेबरसाईन नगरपालिका –९ देउरीटोलमा ग्रामीण सडक निर्माण भएपछि स्थानीयहरू खुसी भएका छन् ।

बर्षौदेखि टोल बासीहरूले सडक निर्माणमा जोड दिएपछि प्रदेशसभाको संसदीय विकास कोषबाट दिएको बजेटले सडक निर्माण भएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवको संसदीय विकास कोषको २५ लाख रुपैयाँले १२ सय मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सिव नारायण तत्माले बताउनुभयो ।

हुलाकी सडकको नेपाल भारत सीमा जोडने कालो पत्रे सडकसँग निर्माण भएको सडक जोडेपछि स्थानीयहरूलाई अfवत जावत गर्न सहज भएको वडाध्यक्ष तपसी यादवले बताउनुभयो ।

बर्षेनी हिलाम्य हुने स्थानमा ग्राभेल सडक निर्माणले धेरै राहत पुग्ने स्थानीय कुलानन्द यादवले बताउनुभयो बताए । मोटर समेत गुड्न नसक्ने उक्त क्षेत्रमा सडक निर्माण भएपछि स्थानीयहरू उत्साहित देखिन्छन् ।

स्थानीय ठकाई साहले हिलाम्य हुने गाउँमा सडक बनेपछि हिलोमा हिँड्ने बाध्यता अब हटेको बताउनु हुन्छ ।
ग्रामीण सडक निर्माणले हाटबजार , कृषि ,व्यापार गर्न सहज भएको स्थानीयहरू बताउँछन् ।

सडक निर्माण भएपछि नेपाल पत्रकार महासङ्घ सप्तरीको नेतृत्वमा पत्रकारहरूको टोलीले शनिबार निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा स्थानीयहरूले सडक निर्माण बारे भइरहेका गतिविधि बारे पत्रकारलाई जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button