राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहमा मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेकाले गुणात्मक सुधारको लागि काम गर्ने र हचुवा भरमा नभै गहन अध्ययन विश्लेषण गरेरै गर्ने उल्लेख गर्नुभयो ।
बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
बिदाइ मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने भिजन महत्त्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व सङ्कलनमा समेत सुधार आउने तर्क गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्