ट्राफिक प्रहरीलाई १५ थान ह्वील लक हस्तान्तरण

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले ट्राफिक प्रहरीलाई १५ थान ह्वील लक हस्तान्तरण गरेको छ ।
वीरगन्ज महानगरपालिकाको बजार क्षेत्र र बाइपास रोड तथा मेन रोडमा अनधिकृत रुपमा दिनहुँ गरिने गाडी पार्किङलाई नियन्त्रण गर्नको लागि वीरगन्ज महानगरपालिकाको तर्फबाट नगरप्रमुख विजय कुमार सरावगीले व्हिल लक हस्तान्तरण गर्नुभएको हो ।
महानगर क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङ र ट्राफिक समस्या समाधानका लागि नागरिक पनि दण्ड जरिवानाबाट सचेत होउन् भन्ने उद्देश्यसहित ट्राफिक प्रहरीलाई सवारी कारबाहीमा पनि सहजताका लागि ह्विल लक हस्तान्तरण गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।
नगर प्रमुख सरावगीले पार्किङ स्थलको अभाव देखाउँदै जथाभाबी पार्किङ गर्ने प्रवृत्तिले समाजमा नकारात्मक सन्देश जाने भएकोले सबैले सभ्य नागरिकको परिचय दिनका लागि पनि व्यवस्थित पार्किङमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्