कर्णाली प्रतिष्ठानले दिएको सेवा प्रशंसनीय छः प्रदेश प्रमुख कलौनी

जुम्ला । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णालीका दुर्गम क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुराएको स्वास्थ्य सेवा प्रशंसनीय भएको बताउनुभएको छ ।
शुक्रवार जुम्ला पुग्नुभएका प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियामा प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यकालमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा अध्यापन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धि गर्न सफल भएको उल्लेख गर्नुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रण देखि दुर्गममा स्वास्थ्य उपचार, तथा विषय विषयका पढाई तथा कर्णालीलाई स्वास्थ्यको हबका रुपमा चिनाउन प्रतिष्ठानले ठुलो योगदान गरेको बताउनुभयो ।
स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले विभिन्न पटक आउने कोरोना जस्ता अन्य महामारीमा उपचार सँगै जनचेतनाका कार्यक्रममा समेत जोड दिन सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्