गोराखानीका स्थानीयलाई २८ लाखको वायरिङका सामाग्री वितरण
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ९ गोराखानीमा २८ लाख रुपियाँ बराबरको हाउस वायरिङको सामाग्री वितरण गरिएको छ ।
ड्रिम्स अफ गोराखानीका अध्यक्ष ङवाङपासाङ शेर्पा र वडाध्यक्ष काजी शेर्पाको पहलमा अस्ट्रेलियन नागरिक एरिक मिटेर वालिनरको आर्थिक सहयोगमा वडामा निकट भविष्यमा विस्तार हुन लागेको राष्ट्रिय प्रसारण लाइनलाई लक्षित गर्दै हाउस वायरिङका सामाग्री वितरण गरिएको हो ।
कोभिड–१९ को महामारीको कारण हरेक व्यवसायमा असर परेको तथा आर्थिक अवस्था कमजोर वडाका नागरिकलाई २८ लाख रुपियाँ बराबरको सामाग्री वितरण गरिएको वडाध्यक्ष काजी शेर्पाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्