सिन्धुपाल्चोकमा निजी आवास निमार्ण ९४ प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक । जिल्लामा भूकम्प पछिको पुनःनिमार्ण अन्तिम चरणमा पुगेको छ । गुनासो सम्बोधन समेत गरेर कुल ९१ हजार ७ जना लाभग्राही मध्ये हालसम्म ८९ हजार ३ सय ५३ जनाले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।
सम्झौता गरेका मध्ये घर निमार्ण सुरु गरेर ८५ हजार ९ सय ८ जना अर्थात् करिब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिपिसी गरिसकेका छन् । जसमध्ये ९४ प्रतिशतले तेस्रो किस्ता लिइसकेको उहाँले जानकारी दिनुभयो ।
अब ६ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाधग्राहीले ईन्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियत नामा गरेमा अनुदान दिइने निरौलाले बताउनुभयो ।
त्यस्तै पहिलो एकिकृत बस्ती सुरु गरेको जिल्लामा २१ एकिकृत बस्ती मध्ये ४ वटाको मात्र केही काम बाँकी रहेको छ । सबै बस्तीमा सामुदायिक भवन,सडक ,बिजुली ,खानेपानी लगायत काममा सहयोग गरिएको उँहाले बताउनुभयो ।
चुमम्पले क्षती पुराएका जिल्लाका १७ सरकारी भवन निमार्ण सम्पन्न भइसकेका छन् । बैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निमार्ण सम्पन्न भएको उँहाले बताउनुभयो ।
पुर्ननिर्माण गर्नुपर्ने ३५ वटा स्वाथ्य संस्था मध्ये केहीको निमार्ण सम्पन्न भएको र अधिकांश निमार्णधिन रहेको उहाँले बताउनुभयो । बरुवा ,सानेसिरुवारीको स्वाथ्य संस्था हस्तान्तरण भैसकेको र बाँसबारी अन्तिम चरणमा रहेको निरौलाले जानकराी दिनुभयो ।
जिल्लामा बन्ने पुरातात्विक सम्पदाहरुमा सात गुम्बा मध्ये छ वटा गुम्बाको डिपीआर भईसकेको छ । मेलम्चीमा एक ,हेलम्बुमा चार ,ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरि निमार्ण गरिने सात गुम्बा मध्ये छ वटा गुम्बाको डिपीआर भइसकेको छ । लिस्तीकोट गूम्बाको पनि चाँडै काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । निजी आवास निमाणको समय सिमा २०७८ पुष ९ सम्म भएपनि स्वास्थ भवन निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्