बारामा भाइरल ज्वरोको प्रकोप

बारा । बारामा बालबालिका देखि बृद्धबृद्धासम्ममा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
जीतपुुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य केन्द्र र कलैया अस्पतालमा भाइरल ज्वरोको प्रकोप बढेको चिकित्सकहरूले बताउने गरेका छन् । भाइरल ज्वरोसँगै बिरामीहरूमा टाइफाइड देखिएको चिकित्सकहरूको भनाइ छ ।
जीतपुुरसिमरा र कलैया उपमहानगरपालिका लगायत आसपासका क्षेत्रहरूमा एउटै घरमा ६ जनासम्म पनि बिरामी भेट्न थालेका छन् । बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, रिंगटा लाग्ने, रुघाखोकीसँगै हाँच्छ्युँ आउने, आँखा रातो हुने, घाँटी खसखस गर्ने, जीउ दुख्ने, जाडो लागेर ज्वरो आउने जस्ता लक्षण देखिएका छन् ।
कलैया अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट गौरव महतोले ओपिडी र इमर्जेन्सीमा दैनिक आउने १ सय ५० देखि २ सय बिरामीमा ४० देखि ५० प्रतिशतसम्म भाइरल ज्वरो देखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्