तास खेल्दै गरेका नौ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले चन्द्रनिगाहपुरबाट तास खेल्दै गरेका नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ गरुडा बजार निवासी २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय को जय प्रकाश साह, २६ वर्षीय को अशोक चौधरी, ३६ वर्षीय को हरिष जयसवाल, २२ वर्षीय को मुकेश साह, २७ वर्षीय रोहित जयसवाल, ३० वर्षीय जङ्ग बहादुर यादव, २३ वर्षीय उमेश राय, ४२ वर्षीय उपेन्द्र राउत रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले चन्द्रनिगाहपुरको अशोका होटेलको ३ सय १ नम्बर कोठा बाट उनीहरू लाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथ प्रहरीले खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, WILD KING लेखिएको रातो निलो रङ्गको सिल प्याक तास बुक थान ८, दुई लाख उन्नासी हजार छ नब्बे रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिध्ली विक्रम शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्