तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशः कार्यसम्पादनमा सिन्धुपाल्चोक प्रहरी उत्कृष्ट

सिन्धुपाल्चोक । कार्य सम्पादन र मूल्याङ्कनमा सिन्धुपाल्चोक प्रहरी पहिलो भएको छ । 


बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्षको प्रारम्भमा नै सबै जिल्ला प्रहरी कार्यालयसँग कार्यसम्पादन र सम्झौता गरेको थियो । सम्झौता अनुसार सिन्धुपाल्चोक प्रहरीले सबै तोकिएको कार्य पुरा गर्दै बागमती प्रदेशमा पहिलो भएको हो ।


बागमती प्रदेश कार्यालयले गत वर्षदेखि मातहतका सबै प्रहरी युनिटसँग मासिक मूल्यांकन मापदण्ड २०७७ लागु गरेको थियो । जस अनुसार ९३ दशमलव जिरो दुई प्रतिशत नम्बर ल्याएर जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक पहिलो भएको एसपी राजन अधिकारीले जानकारी दिनुभयो । 


‘तोकिएको सबै काम पुरा गरेकाले उत्कृष्ट हुन सफल भएका छौँ’ एसपी अधिकारीले भन्नु भयो ‘अब हाम्रो लक्ष्य देशभरकै प्रहरी कार्यालय मध्ये उत्कृष्ट हुने हो ।’


बागमती प्रदेश प्रहरी कार्यालयले समुदायमा प्रहरी परिचालन, फरार अपराधी पक्राउ, महिला हिंसा न्यूनीकरण, अनुसन्धानमा प्रविधिको प्रयोग, विभिन्न सरकारी र गैरसरकारी कार्यालयहरू सँगको समन्वय लगायतका सूचकलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । 


यो सँगै विपद् र कोरोना रोकथाममा सुरक्षाकर्मीले खेलेको भूमिका, मेलम्ची बाढी पहिरोमा जनताको जिउ धन सुरक्षाका लागि निर्वाह गरेको भूमिकालाई पनि मूल्याङ्कन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button