चिया कारखानामा आगलागी

इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको चिया कारखानामा आगलागी भएको छ ।
सूर्योदय नगरपालिकाको वडा नं ८ मालुम स्थित रक्तकाली चिया उद्योगमा गए राती करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट तीन करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट टिनको छाना, टिनको बेरा भएको भवन, भवनभित्र रहेको चिया बनाउने ६ वटा मेसिन, स्टक चिया, चिया बनाउने कच्चा पदार्थ समेत पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
दिनेश माझीको नाममा रहेको उद्योगमा लागेको आगलागी प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा बिहान ४:१५ बजे नियन्त्रणमा आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्