तपाईँ सुन्दै हुनुहुन्छः

सिम्तामा टेलिकमको रिपिटर टावर जडान

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकलाई मोबाइल नेटवर्क गइरहने समस्या अब अन्त्य भएको छ । 


नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सिम्ता गाउँपालिको सहकार्यमा काप्रिचौरमा टेलिकमको रिपिटर टावर सञ्चालनमा ल्याइएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो । 


करिब दश वर्ष पहिले सोलारबाट सञ्चालित टेलिकमको मोबाइल टावरमा विद्युत् लाइन जडान गरिएपछि वर्षात र हिउँदमा नेटवर्क गइरहने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । 


नेपाल टेलिकमको २० लाख, नेपाल विद्युत् प्राधिकरणको १५ लाख र सिम्ता गाउँपालिकाको १५ लाख गरी कुल ५० लाख रुपैयाँमा विद्युत् लाइन विस्तार गरिएपछि टेलिकमको रिपिटर टावर स्थापना भएको हो । 


टेलिकमका सुर्खेत प्रमुख नारायणप्रसाद कुसिले सिम्ता आसपासका क्षेत्रमा वर्षात र हिउँद मासमा पर्याप्त घाम नलाग्दा सोलार चार्ज नभएर फोन नलाग्ने समस्यालाई विद्युत् लाइन जडान गरेर अन्त्य गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button