तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी गाउँपालिकाको गाउँ परिषद् फेरि स्थगित

बीरगंज । अध्यक्ष पिएल श्रेष्ठले हरहिसाब पारदर्शी नगरेको भन्दै ठोरी गाउँपालिकाको गाउँ परिषद् फेरि स्थगित भएको छ । गत असार ३० गते परिषद्का सदस्यहरूको विरोधका कारण स्थगित भएको परिषद् आज बस्ने निर्णय गरिएको थियो । 


गाउँ परिषद् बस्नु अघि वडाध्यक्ष सहित बसेको बैठकमा आफूहरूले खोजेको हरहिसाब र अन्य परिषद्मा प्रस्तुत गर्नुपर्ने बिषयबस्तुहरुका सम्बन्धमा अझै गाउँपालिकाका अध्यक्ष प्रस्ट हुन नसकेका कारण परिषद् स्थगित भएको ठोरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष किशोर तामाङले बताउनुभयो । 


वडाध्यक्ष सहितको बैठक बिहीबार पनि हुने अध्यक्ष तामाङले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले वडाअध्यक्षहरुलाई हिसाब किताबको बारेमा प्रस्ट पारेमा स्थगित परिषद् साउन १७ गते सञ्चालन हुने गाउँपालिका स्रोतले जनाएको छ । 


ठोरी गाउँपालिकाले दुई बर्ष देखि हरहिसाब गोलमाल गरेको र लेखापरिक्षण समेत नगरेको सम्बन्धमा महालेखा नियन्त्रणको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै तत्काल हरहिसाब गरी लेखा परिक्षण गर्न चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button