लाखौँ मूल्यको अवैध इलेक्ट्रिक सामान र कपडा बरामद

बारा । इलाका प्रहरी कार्यालय सिमरा, बाराले भन्सार छलीको लाखौँ मूल्यको अवैध इलेक्ट्रिक समान र कपडा बरामद गरेको छ ।
इलाका प्रहरी प्रहरी कार्यालय, अमलेखगन्ज र प्रहरी चौकी पथलैयाको संयुक्त प्रहरी टोलीले सवारी साधनहरू चेक जाँचको क्रममा उक्त उल्लेखित सामान बरामद गरेको हो ।
बरामद इलेक्ट्रिक सामान र कपडाको मूल्य ५ लाख ७ हजार ४ सय ७० रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।
भन्सार छली ल्याइएका समानमा एल.इ.डी.बल्ब र बल्ब बनाउने मेटिरियल, गाडीका पार्टपुर्जा, ब्याट्री, विभिन्न खाले कुर्ता सुरुवाल, ढाकाको साडी र वायरिङ तार लगायत रहेको छ ।
बरामद सामानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्