ठाकुरद्वारा निर्वाचन आयोग विरुद्ध दायर रिटमा १५ गते छलफल हुने

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो ।
२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादव पक्षबिच विवाद छ ।
आधिकारिकता निरूपण गर्न निर्वाचन आयोगद्वारा गठित इजलासले गत बिहीबार ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।
त्यस विरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्चमा रिट दायर गरेको गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्