बेवारिसे शवको अझै सनाखत हुन सकेन

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनमा सडे गलेको अवस्थामा बिहीबार साँझ फेला परेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन ।
अन्दाजी ३०/४० वर्ष उमेर हुन सक्ने पुरुष व्यक्तिको शव फेला परेको थियो । भेटिएको शवको हालसम्म सनाखत हुन नसकेको कञ्चनपुर प्रहरीले बताएको छ। अन्दाजी ५ फिट उचाइ, शरीरको तल्लो भागमा कालो निलो रङको पाइन्ट, माथिल्लो भागमा खैरो रङको फुलगाला, फुलबाहुला (हाइनेक) भेष्ट भएको शवको हुलिया रहेको प्रहरीले जनाएको छ ।
उक्त शवको घटनास्थल लास जाँच मुचुल्का समेतको कार्य गरी पोस्टमार्टम तथा सनाखतको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्