कोरोना भाइरस विरुद्धको खोप सरकारको प्राथमिकताः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आफूले सरकार गठनका बेला गरेको बाचा पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफूलाई विश्वासको मतदान गर्ने सांसदलाई धन्यवाद दिनुहुँदै उहाँले कोरोना भाइरस विरुद्धको खोप अहिलेको सरकारको प्राथमिकता भएको प्रस्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले ऋण–सापट लिएर, मंहगो भए पनि खोप सबै जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले यो संविधानको धारा ७६ को उपधारा ५ किन लेख्नुभयो ? भनेर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोध्न मन लागेको समेत बैठकमा बताउनुभयो ।
उहाँले संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा नै अबदेखि संसद् भङ्ग हुँदैन भनेको कुरा झल्झली सम्झिरहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्