तपाईँ सुन्दै हुनुहुन्छः

एक सय दलित बालबालिकालाई छात्रवृत्ति वितरण

सर्लाही । सर्लाहीमा एक सय दलित बाल बालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । 


नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रम (एन सी एस ई पी) अन्तर्गत छनौट मा परेका एक सय दलित बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको हो । 


कबिलासी, हरिपुर्वा, मलङ्वा, गोडैता नगरपालिका र ब्रहम्पुरी, चन्द्र नगर गाउँपालिकाका गरी १ सय जना दलित बाल बालिकालाई २ लाख १५ हजार २ सय रकम छात्रवृत्ति वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । 


नगद छात्रवृत्ति प्रत्येक तीन महिनामा वितरण हुने गर्दछ र सोही अनुरूप विभिन्न पालिकामा वितरण भएको कार्यक्रम अधिकृत गोविन्द पासवानले जानकारी दिए । 

छात्रवृत्ति आर्थिक रुपमा कमजोर र शैक्षिक रुपमा पछाडि पारिएको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २०१३ अप्रिल देखि सर्लाहीमा सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button