तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा भित्र्याइएको ५ किलो बढी चाँदीका गहना बरामद

बीरगंज । पर्सा प्रहरीले अवैध रुपमा भित्र्याइएको ५ किलो ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित १ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ ।

 
सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा आज बिहान प्रहरी चौकी ईनर्वाले सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरिरहेका ४३ वर्षीय अङ्गद साहलाई पक्राउ गरेको हो ।


शङ्कास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा शङ्कराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा साहले भिरेको कालो झोलाभित्र अवैध रुपमा  भित्र्याइएको ५ किलो ३ सय ३४ ग्राम चाँदीका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । 

पक्राउ परेका साहलाई बरामद चाँदीसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रवक्ता खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button