तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी चौकी पथलैया र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु

बारा । बाराको पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु भएको छ ।


कोभिड–१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई रकम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएको भन्दै पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु गरिएको हो ।

प्रहरी चौकी पथलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्यामबाबु यादवसहित त्यहाँ कार्यरत सबै ११ जना प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको छ । 


प्रहरी चौकी पथलैयामा भने ११ जना नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 


निषेधाज्ञाको समयमा पास बिना गुडेका सार्वजनिक यात्रु बसबाट चेक गर्ने बहानामा प्रत्येक गाडी २ हजार रुपैयाँसम्म लिएको पाइएपछि कारबाही गरिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button