तपाईँ सुन्दै हुनुहुन्छः

६६२ जनाले पाए अपाङ्गता परिचय पत्र

तनहुँ । तनहुँका शुक्लागण्डकी नगरपालिकाका ६६२ जनाले अपाङ्गता परिचय पत्र पाएका छन् । नगरपालिकाले सोमबार विभिन्न वडामा रहेका सबैभन्दा बढी अति अशक्त “ख” वर्गको २ सय ६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ ।  

एक सय ६७ जना पूर्ण अशक्त भएकाले “क” वर्गको, १ सय ४५ जना मध्यम अपाङ्गता भएकाले “ग” वर्गको परिचयपत्र लिएका छन् । “घ” वर्गको परिचयपत्र लिने  सामान्य अपाङ्गता भएकाको सङ्ख्या ८२ रहेको शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले हरेक महिना परिचयपत्र वितरण शिविर सञ्चालन गर्दै आएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले बताउनुभयो । नगरपालिकामा सञ्चालन गरिएको शिविर मार्फत ८ जनाले परिचयपत्र लिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार “क” र  “ख” वर्गको ३/३ जनाले र “ग” वर्गको २ जनाले परिचयपत्र पाए । 

नगरपालिकाले बनाएको कार्यविधिको आधारमा ढोर फूलबारी शहिद अस्पताल साँखेमा कार्यरत डाक्टर प्रतीक्षा आलेले शारीरिक अपाङ्गता चेकजाँच गरेपछि परिचयपत्रको वर्ग निर्धारण गरी वितरण गरिएको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आउनु अगाडिसम्म जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय वितरण गर्दै आएको थियो । ३ बर्ष यता स्थानीय तहले नै परिचयपत्र वितरण गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button