देशभर २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
११ हजार ६ सय ६४ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट आज १ हजार २ सय ५८ जना निको भएका छन् । यो सँगै नेपालमा हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना सङ्क्रमणबाट निको भइसकेका छन् ।
सङ्क्रमणका कारण आज थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ८२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्