तपाईँ सुन्दै हुनुहुन्छः

५० प्रतिशत अनुदानमा पिक अप भ्यान हस्तान्तरण

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको माछा सुपर जोन कार्यक्रम अन्तर्गत धनुषाका मत्स्य सहकारी सङ्घ धनुषालाई पिक भ्यान आज हस्तान्तरण गरिएको छ ।


सहकारी सञ्जाल मत्स्य बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सङ्घलाई नै ५० प्रतिशत अनुदानमा पिक भ्यान प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।


पिक भ्यानको प्रयोग गरेर पोखरीबाट बजारसम्म मत्स्य ढुवानी गर्नमा मद्दत पुग्ने विश्वास परियोजनाको रहेको छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्ने कार्यक्रम अन्तर्गत भ्यान वितरण गरिएको बताइएको छ । परियोजनालाई यस शीर्षकमा १२ लाख रकम भएकोमा सूचना सहितका अन्य खर्च गरेर मत्स्य सहकारी सङ्घलाई ११ लाख ६२ हजार ५ सय प्रदान गरिएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

यान्त्रिकीकरणले लागतमा कमी आउनुको साथै कृषि मजदुरको अभावको केही हदसम्म भए पनि समाधान हुने विश्वास वरिष्ठ कृषि विकास अधिकृत समेत रहनुभएका परियोजना प्रमुख तिवारीको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button