पानीको मुहान क्षेत्रमा वृक्षारोपण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको मुख्य बजार दुलेगौडाबासीले उपभोग गर्दै आइरहेको खानेपानीको मुहान संरक्षणका लागि लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले वृक्षारोपण गरेको छ ।
खानेपानीको मुहान क्षेत्र रुदी खोला परिसरमा क्लबले ६५ विभिन्न प्रजातिका बिरुवा रोपण गरेको हो । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत पानीका मुहान वरपर वृक्षारोपण गरेको क्लबका अध्यक्ष लायन विष्णुबहादुर रानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्