बीरगंज र ड्राईपोर्ट भन्सारबाट २ खर्ब १२ अर्ब ५८ करोड बढी राजस्व सङ्कलन

बीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित वीरगन्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया वीरगन्जले आर्थिक बर्ष २०७७–०७८ मा २ खर्ब १२ अर्ब ५८ करोड ७३ लाख २४ हजार राजस्व असुली गरेका छन् ।
प्रमुख भन्सार नाका बीरगंज भन्सार कार्यालयले मात्र चालु आर्थिक वर्षमा १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख १ हजार राजस्व असुली गरेको छ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया वीरगन्जले ४२ अर्ब ५३ करोड २६ लाख २३ हजार राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०७७–०७८ मा अर्थ मन्त्रालय भन्सार विभागले बीरगंज भन्सार कार्यालयलाई १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारमा लक्ष्य भन्दा ७१ करोड ४ लाख ४४ हजार रुपैयाँ कम राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।
वीरगन्ज भन्सारले लक्ष्यको ९९.६ प्रतिशत प्रगति हासिल गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी यता वीरगन्जकै सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले आर्थिक बर्ष २०७७–०७८ मा ४२ अर्ब ५३ करोड २६ लाख २३ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७–०७८ मा अर्थ मन्त्रालय भन्सार विभागले ड्राईपोर्ट भन्सार कार्यालय सिर्सिया वीरगन्जलाई ४४ अर्ब १२ करोड २२ लाख १८ हजारको लक्ष्य दिएकोमा ड्राईपोर्ट भन्सारमा लक्ष्य भन्दा १ अर्ब ५८ करोड ९५ लाख ९५ हजार रुपैयाँ कम राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिनुभयो ।
ड्राईपोर्ट भन्सारले लक्ष्यको ९९.४ प्रतिशत प्रगति हासिल गरेको प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७७–०७८ को सुरुवातको ३ महिना श्रावण, भाद्र र असोज तथा अन्तिम ३ महिना वैशाख, जेठ र असारमा कोरोना सङ्क्रमणको कारण घोषित निषेधाज्ञा तथा लकडाउनले आयात निर्यात प्रभावित हुँदा राजस्व असुली समेत प्रभावित भएको भन्सार प्रमुख खत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्