तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

काठमाडौँ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button