तपाईँ सुन्दै हुनुहुन्छः

१० लाख धरौटीमा विजय गच्छदार रिहा

file photo

काठमाडौँ । विशेष अदालतले बालुवाटार जग्गा प्रकरण मुद्दामा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको छ । 


ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेपछि लामो समय फरार रहेका गच्छदार आज विशेष अदालतमा उपस्थित भएकोमा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button