तपाईँ सुन्दै हुनुहुन्छः

बिपी पार्कमा पार्किङ्गस्थल निर्माण नगर्न उच्च अदालतको अन्तरिम आदेश

बीरगंज । उच्च अदालतको अस्थायी इजलास वीरगन्जले बिपी पार्कको जग्गामा टेम्पु पार्क निर्माणको कार्य गर्दै आइरहेको वीरगन्ज महानगरपालिकालाई अन्य कार्य नगर्नु नगराउनु भन्दै आज अन्तरिम आदेश जारी गरेको छ ।  


महानगरपालिकाले प्रकृति मास्ने काम गरेकोले वीरगन्जवासीको तर्फबाट धिरज गुप्ताले दिएको उजुरीमा उच्च अदालतले महानगरपालिकालाई अन्तरिम आदेश जारी गरेको हो ।

बीरगंज महानगरपालिकाले गलत कार्य गरेको र पूर्व सरकारले गरेको निर्णय विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड ढलान कार्य गर्दै अन्य निर्माण विकासमा प्रयोग गरिरहेको जानकारीमा आएकोले यसलाई रोक्न अदालतले अन्तरिम आदेश दिएकोमा धिरज गुप्ताले खुसी व्यक्त गर्नुभयो । 


अदालतमा दिइएको निवेदनमा वीरगन्ज वासीलाई प्राकृतिक हराभरा चाहिएको र प्रकृति मास्ने गरी विकास निर्माणको पक्षमा वीरगन्ज वासी नरहेको भन्दै वीरगन्जको घण्टाघरको उत्तरतर्फ साबिक नेपाल यातायात संस्थानको जग्गा हाल वीरगन्ज  महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागिएको कङ्क्रिट ढलान  पार्क तत्काल निर्माण रोक्न अदालतले आदेश दिएको हो । 

न्यायधिश शान्ता सेढाईको एकल इजलासले हाललाई निर्माण कार्य रोक्न अल्पकालीन आदेश जारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button