तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालन

तनहुँ । पहिरो खसेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 


शनिबार बिहान दमौली—थर्पु खण्डको बड चौरमा ठुलो ढुङ्गा सहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको थियो । झन्डै चार घण्टासम्म पूर्ण अवरुद्ध भएको राजमार्ग शनिबार नै एकतर्फी रुपमा सञ्चालनमा आए पनि ठुलो पहिरो गएकाले पूर्ण सञ्चालनका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

म्याग्दे गाउँपालिका–१ बड चौरमा  खसेको पहिरोलाई डोजरले पन्छाए आइतबार साँझबाट दुईतर्फ बाट नै सुचारु गरिएको ट्राफिक प्रमुख डोलिन्दबहादुर हमालले जानकारी दिनुभयो । ३२ घण्टापछि दुवैतिर सञ्चालनमा आएको राजमार्गमा सवारीको चापले लामो समय लागेको ट्राफिक प्रमुख हमालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button