तपाईँ सुन्दै हुनुहुन्छः

अवैध मदिरा बरामद गरी नष्ट

कञ्चनपुर । कञ्चनपुरको लाल झाडीबाट प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । 


इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो लाल झाडी गाउँपालिका वडा नम्बर ६ चान्देवस्थित शान्ति मार्गबाट बेवारिसे अवस्थामा राखिएको अवैध घरेलु मदिरा ४० लिटर, घरेलु जाँड ५ सय ५० लिटर र मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडा बर्तन समेत फेला पारी बरामद गरेको हो । 

बरामद गरिएको मदिरा स्थानीय मानिसहरू तथा जनप्रतिनिधि समेतको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । 


यसरी घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण एवं सेवन गर्दा आपराधिक घटनाहरूमा वृद्धि हुने र समाजमा अशान्ति फैलन सक्ने भएकोले यस किसिमका कार्यहरू नगरी दिन हुन सम्पूर्णमा प्रहरीले अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button