बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण कार्य प्रभावित

बर्दिबास । महोत्तरीको बर्दिबास मेडिकल कलेजका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिमा ढिलाइ हुँदा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ ।
शनिवार सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले जग्गा प्राप्तिसम्बन्धी कार्य नभएका कारण संरचना निर्माण हुन नसकेको बताउनुभयो ।
आयोजनाले यसै बर्ष निर्माण कार्यको थालनी गर्ने योजना राखेको थियो । जग्गा प्राप्तिसम्बन्धी निर्णय ढिलाइ हुने भएकोले आगामी आर्थिक वर्षमा समेत संरचना निर्माणमा समस्या हुनका साथै कार्य प्रभावित बनेको निर्देशक देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बर्दिबास मेडिकल कलेज सरकारले आर्थिक वर्ष २०७३–०७४ मा स्थापना गर्ने निर्णय भएको थियो । कलेज स्थापनाको लागि बर्दिबास नगरपालिका ४ मा सिफारिस गरिएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियामा ढिलाइ भएको हो ।
मेडिकल कलेज निर्माणका लागि तीस अर्ब खर्च हुने अनुमान गरिएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्