तपाईँ सुन्दै हुनुहुन्छः

वन जोगाउन स्थानीयलाई ग्याँस सिलिन्डर तथा चुल्हो वितरण

डडेलधुरा । डिभिजन वन कार्यालय डडेलधुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरेको छ ।


बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । 


अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिब घर परिवारलाई ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ । महाभारत वन जोगाउने उद्देश्यले सिलिन्डर तथा चुल्हो वितरण गरिएको बताइएको हो । 

दाउराका लागि रूख काट्दा वन फडानी हुँदै आएकोले ग्याँस सिलिन्डर तथा चुल्हो वितरणले केही मात्रामा नियन्त्रणमा आउने जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गणेशराज भट्टले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button